अमित शाहको 'डाक्टर्ड' भीडियोमाथि एफआईआर दर्ता
अमित शाहको 'डाक्टर्ड' भीडियोमाथि एफआईआर दर्ता


नयाँ दिल्ली, 29 अप्रेल (हि.स.)। दिल्ली पुलिसको आईएफएसओ एकाईले एसटी औ ओबीसीको लागि आरक्षणको सम्बन्धमा केन्द्रिय गृहमन्त्री अमित शाहको ‘डाक्टर्ड’ भीडियोमाथि मामिला दर्ता गरेको छ।

एफआईआरमा भनिएको छ, केही डाक्टर्ड (छेडछाड़) भीडियो फेसबुक अनि ट्विटर (अब एक्स)-का उपयोगकर्ताहरूद्वारा प्रसारित गरिँदैछ। यस्तो प्रतीत हुन्छ, भीडियोसित छेड़छाड़ गरिएको छ जस मार्फत समुदायमाझ वैमनस्यता उत्पन्न गर्ने उद्देश्यले भ्रामक जानकारी फैलाइँदैछ जसबाट शान्ति प्रभावित हुने अनि सार्वजनिक व्यवस्था सम्बन्धि समस्या उत्पन्न हुने आशंका छ।

पुलिसका एकजना वरिष्ठ अधिकारीले भने, उक्त भीडियोको मूल निर्माताको बारेमा पत्तो लगाउने प्रयास गरिँदैछ। यसको श्रोतसम्म पुग्नका लागि केही मानिसहरूसित जाँचबुझ गर्नेछौं जसले डाक्टर्ड बनाइएको भीडियो साझा गरेका छन्। मामिला गए आइतवार दर्ता गरिएको थियो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande