ब्राउन शुगरसितै तीन तस्कर पक्राउ
ब्राउन शुगरसितै तीन तस्कर पक्राउ


भागलपुर, 10 अप्रेल (हि.स.)। जिल्लाको इशाकचक पुलिसले गुप्त सूचनाको आधारमा ब्राउन शुगर तस्करी गर्नेहरूविरूद्ध ठूलो कारबाही गरेको छ। पुलिसले 100 ग्राम ब्राउन शुगरसितै तीनजना तस्करहरूलाई पक्राउ गरेको छ।

बुधवार सिटी एसपी राजले प्रेस कन्फ्रेन्समा बताए, लोकसभा चुनाउलाई ध्यानमा राखेर पुलिसद्वारा छापारी अभियान संचालन गरिएको थियो। यसै क्रममा पुलिसलाई गुप्त सूचना प्राप्त भयो, इशाकचन थाना क्षेत्रको बरहपुर पुल नजिक टाटा वाहनमा सवार तीनजना तस्करहरूलाई ब्राउन शुगर लिएर गइरहेका छन्। यसै अवधि छापामारी टीममा सामेल डीआईयू एवं इशाकचक पुलिसको सहयोगमा तीनैजना तस्करहरूलाई पक्राउ गरिएको छ।

पुलिसले पक्रा परेका आरोपीहरूबाट एक सय ग्राम ब्राउन शुगर, चारवटा मोबाइल, एउटा चारचक्के वाहन एवं 16,700 नगद जफत गरिएको छ। आरोपीको पहिचान अक्सर अलीका पुत्र शहनवाज उपनाम सन्नी खटाल, खालिकका पुत्र मोहम्मद शाहिद एवं अनुका पुत्र मोहम्मद मासिनको रूपमा भएको छ।

हिन्दुस्थान समाचार/ उष्णता


 rajesh pande