वाहन चोर ड्रग्ससितै समातिए
वाहन चोर ड्रग्ससितै समातिए


गोलाघाट (असम), 02 अप्रेल (हि.स.)। गोलाघाट जिल्लाको जुरिया पुल क्षेत्रमा पुलिसले अभियान चलाएर एकजना वाहन चोरली ड्रग्स सहित पक्राउ गरेको छ। पुलिस सूत्रले आज बताएको छ, गुप्त सूचनाको आधारमा राष्ट्रिय राजमार्ग-39 मा जुरिया पुल नजिक गोलाघाट पुलिस अधीक्षक अपराध शाखा जन दासको नेतृत्वमा गोलाघाट तथा बगीजान पुलिसले संयुक्त रूपमा अभियान चलाएर बाइक चोरीको मामिला सामेल अज सिंहलाई ड्रग्ससितै पक्राउ गरेको छ।

पक्रा परेको आरोपीले स्कुटी (एएस-01ईवी-3058)- को माध्यमबाट ड्रग्सलाई डिमापुरदेखि लिएर आएकोथियो। अभियान अवधि अजय सिंहले घटनास्थलबाट भाग्ने प्रयास गऱ्यो, तर पुलिसले तत्परता देखाउँदै उसलाई समात्यो। यस अवधि एकजना पुलिसकर्मी गम्भीर रूपमा घाइते भए।

पक्रा परेको आरोपीमाथि धेरैवटा थानामा पहिलाबाटै प्राथमिकी दर्ता छ। पुलिसले यस सम्बन्धमा पहिलाबाटै दर्ता प्राथमिकी अनि एनडीपीएस एक्ट अन्तर्गत नयाँ प्राथमिकी दर्ता गरी आरोपीसित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार/ उष्णता


 rajesh pande