साढ़े चार करोड़को अफीमसहित झारखण्डका दुई तस्कर पक्राउ
साढ़े चार करोड़को अफीमसहित झारखण्डका दुई तस्कर पक्राउ


शाहजहांपुर, 16 मई (हि.स.)। एसओजी र पुलिसको टीमले अन्तरराष्ट्रिय अफीम तस्करहरूलाई पक्राउ गरेको छ। तस्करहरूबाट उच्च क्वालिटीको चार किलो पॉंच सय ग्राम अफीम जफत गरिएको छ। यसको अन्तरराष्ट्रिय बजारमा लगभग साढ़े चार करोड़ रूपियॉं दाम रहेको छ।

पुलिस अधीक्षक एस आनन्दले मंगलवार भने, एसओजी र पुलिसको संयुक्त टीमले गए राति बरेली मोडमा सवारी साधनको प्रतीक्षा गरिरहेका दुई तस्करलाई समात्यो। उनीहरूबाट चार किलो पॉंच सय ग्राम अफीम जफत गरिएको छ। यसको अन्तरराष्ट्रिय बजार लगभग साढ़े चार करोड़ रूपियॉं दाम रहेको छ। पक्रा पर्ने तस्करहरूको नाम झारखण्डको चतरा जिल्ला निवासी अमलेश यादव र जितेन्द्र यादव हो।

एसपीले भने, तस्करहरूलाई कम दाममा झारखण्डमा अफीम प्राप्त हुन्छ। त्यहॉं अफीम किनेर उत्तर प्रदेश र अन्य प्रान्तहरूमा आपूर्ति गर्छन्। केही दिनअघि उनीहरूले जलालाबादमा एक व्यक्तिलाई राम्रो दाममा अफीम बेचेर गएका थिए। हिजो राति पनि उनीहरू जलालाबाद जानका लागि सवारी साधनको प्रतीक्षामा थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande