असम पुलिस दिवसमा मुख्यमन्त्रीले अभिवादन गरे
असम पुलिस दिवसमा मुख्यमन्त्रीले अभिवादन गरे


गुवाहाटी, 01 अक्टोबर (हि.स.)। असम पुलिस दिवसमा आज मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले असम पुलिस कर्मीहरूको अभिवादन गरे।

सोशल मीडियाको माध्यमले पठाइएको आफ्नो सन्देशमा मुख्यमन्त्रीले भनेका छन्, शान्ति र स्थिरता बनाई राख्नमा असम पुलिसको धेरै ठूलो भूमिका छ। असम पुलिस एक विकसित असमको हाम्रो सपनाको सबैभन्दा बलियो आधारमध्ये एक हो। आज असम पुलिस दिवस हो। यस विशेष दिनमा म ती सबैको अभिवादन गर्दछु, जो आफूलाई असमको सेवामा समर्पित गर्छन् र हामी सबैको निम्ति एक सुरक्षित र स्थिर राज्य सुनिश्चित गर्छन्। यस विशेष दिनमा म आफ्नो हृदयबाट पुलिस बलका बहादुर शहीदहरूलाई याद गर्न चाहन्छु, जसले मातृभूमिको निम्ति सर्वोच्च बलिदान दिएका छन्। हामी तपाईको बलिदानको निम्ति सदैव आभारी छौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande