कोलकाता, 08 जुलाई (हि.स.)। पश्चिम बंगालमा एक दिनको मुसलधारे पानीपछि दामोदर घाटी निगमलाई दुर्गापुर ब्यारेजबाट छोड़्ने पानीको मात्रालाई बढ़ाउनु पऱ्यो। आधिकारिक सूत्र अनुसार अहिलेसम्ममा ब्यारेजबाट लगभग 46 हजार क्युसेक पानी छोड़िसकिएको छ जसबाट दक्षिण बंगालका केही तल्लो भागहरूमा बाढ़ी आउनसक्ने आशंका प्रबल भएको छ।
डीवीसी अनुसार दुर्गापुर ब्याराज बाहेक म्याथन र पांचेत बाँधबाट पनि लगभग 40 हजार क्युसेक पानी छोड़िएको छ। यसबाट विशेष रूपमा हावड़ा अनि हुगली जिल्लाका केही क्षेत्रहरूमा बाढ़ीको खतरा अझ बढ़ेको छ। पछिल्ला वर्षहरूमा पनि डीवीसीबाट पानी छोड़्ने प्रक्रियाले गर्दा यी जिल्लाहरूमा जलभराउ एवं फसल क्षति हुने घटना घटिसकेको छ।
मौसम विभाग अलिपुर अनुसार बंगालको खाड़ीमा निर्मित निम्न दबाव तथा सक्रिय मनसुनी ट्रफको कारणले दक्षिण बंगालमा आगामी दिनमा लगातार वर्षा जारी रहने सम्भावना छ। सोमवार रातीदेखि मंगलवार बिहानसम्मै क्षेत्रमा घना वर्षा भयो। दुर्गापुर अनि यस वरपरका क्षेत्रहरूमा पनि भारी वर्षाको कारणले जलस्तर अचानक बढ़ेपछि डीवीसीले थप 6 हजार क्युसेक अतिरिक्त पानी छोड़्ने निर्णय लियो।
स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै राज्य सरकारले सम्बन्धित जिल्ला प्रशासनलाई हाई अलर्टमा बस्ने निर्देश दिएको छ। राहत अनि बचाउ कार्यको लागि आपदा प्रबन्धन बललाई तैनाथ राखिएको छ। सम्भावि बाढ़बाट प्रभावित हुने क्षेत्रहरूमा निगरानी बढ़ाइए छ। आवश्कता परे मानिसहरूलाई सुरक्षित स्थानमा पुऱ्याउने तयारी गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा