कोलकाता, 08 जुलाई (हि.स.)। भारी वर्षाको कारण कोलकाताका धेरैवटा भागमा जलजमाउको स्थिति उत्पन्न भएको छ जसबाट सामान्य जनजीवन पूर्ण रूपले प्रभावित भएको छ। पूर्व तयारी गरिएको भएपनि यस संकटलाई रोक्न नसकेको जिम्मेवारीलाई स्वीकार गर्दै कोलकाता नगरनिगमका मेयर परिषद सदस्य (निकासी विभाग) तारक सिंहले यसलाई “दुर्भाग्यपूर्ण” बताए।
तारक सिंहले भने, जनजीवन प्रभावित भएकोमा म दुःखी छु, तर हामीले बुझ्नुपर्छ कि केही क्षेत्रहरूमा 100 मिमीभन्दा अधिक वर्षा भएको कारण जल निकासी व्यवस्थामाथि अचानक दबाव परेको छ। उनले स्पष्ट गरे, लगभग सात घण्टामा 630 मिमी वर्षा रेकर्ड गरियो जसबाट जलभराउको स्थिति गम्भीर भएको छ।
उनले मंगलवार वार्ड नम्बर-57 को पामर बजारस्थित स्ट्रोम वाटर फ्लो पम्पिंग स्टेशनको दौड़ाह गरे अनि निकासी विभागका अधिकारीहरूसित वर्तमान जल निकासीको वर्तमान स्थितिको समीक्षा गरे। यो पम्पिंगले स्टेशन उत्तर अनि मध्य कोलकाताको ठूलो भूभागको पानी निकाल्छ। चारमध्ये तीनवटा पम्प सक्रिय छ भने एउटा पम्प मरम्मतको कारण बन्द छ।
नगरनिगमद्वारा तत्काल जल निकासी सुनिश्चित गर्नको लागि वैकल्पिक उपाय गरिँदैछ। तारक सिंहले आशा व्यक्त गरे, यदि वर्षाको तीव्रता कम भए जल स्वतः बग्नेछ। ज्वारको कारणले लक गेट हाल खोलिन सकेको छैन। तर अपरान्हसम्ममा खोलिनेछ जसबाट जल निकासी अझ् तीव्र गतिमा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा