सिमानामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
सिमानामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न


सोनादा, 08 जुलाई (हि.स.)। सोनादा ट्राफिक पुलिस साथै सोनादा पुलिस आउट पोस्टकाे संयुक्त आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अनि लागू औषध (ड्रग्स) दुर्व्यवसनमाथि सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम स्थानीय मुण्डाहट्टास्थित न्युलाइट सार्वजनिक भवनमा सम्पन्न गरियो।

सचेतनामूलक कार्यक्रममा सोनादा क्षेत्रका 40 वटा संघ संस्थाहरु साथै विभिन्न समाजहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा दार्जिलिङबाट प्रेमुस भोटिया उपस्थित रहेका थिए भने अतिथिको रूपमा सोनादाका विभिन्न समाजका प्रतिनिधिहरू साथै स्वनिर्भर दलका प्रतिनिधिहरु, सोनादा चालक संगठन साथै सोनादा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा लागु औषध दुर्व्यवसन नियन्त्रण साथै साईबर क्राइम सुरक्षामाथि सोनादा आउट पोस्टका प्रभारी योगेश ठकुरीले सबैलाई जागरुक गराउँदै सम्बोधन राखेका थिए। कार्यक्रममा प्रेमुस भोटियाले उपस्थित सबैलाई ड्रग्स विरुद्ध सचेत गर्दै आफ्नो सम्बोधन राखे।

आगामी कार्यक्रम 10 अगस्त, 2025 काे दिन स्थानीय रेलवे स्टेशन परिसरमा निःशुल्क स्वास्थ्य शिविर साथै रक्तदान शिविरको आयोजना गर्ने भएकोले सम्पूर्ण सोनादा क्षेत्रका जनसाधारणलाई सहभागी भई लाभ उठाउन अनुरोध गरिएको छ। सोनादा पुलिस आउट पोस्टका प्रभारी ठकुरी साथै सबिन दर्नालले सबैलाई ट्राफिक नियमलाई पालना गरिदिन निवेदन गरेका छन्।

यस अवसरमा क्षेत्रीय कलाकारहरुले नृत्य साथै गीतहरू प्रस्तुत गरेर सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande