खरसाङ महकुमा खेलकूद संघको भ्रमण सम्पन्न
खरसाङ महकुमा खेलकूद संघको भ्रमण सम्पन्न


खरसाङ, 08 जुलाई (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको वार्षिक भ्रमण यसपाली पनि सम्पन्न गरिएको छ। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङमा वर्षभरि विभिन्न खेलहरु आयोजना गरिन्छ। वर्षमा 20-25 वटा खेल प्रतियोगिताहरु आयोजना गरेपछि उक्त कार्यक्रमहरुबाट केही समयका लागि ब्रेक दिलाउन प्रत्येक वर्ष नोभेम्बर र दिसम्बर महिनामा सबै पदाधिकारीहरू र सदस्यहरुलाई लिएर भ्रमण आयोजना गरिॅंदै आएको छ।

यसै क्रममा यसपाली जुलाई महिनामा नै यो भ्रमण गराइएको छ‌।‌ यसपाली खरसाङ महकुमा खेलकूद संघले बाख्रागोठको सेलरोटी पूल अनि तीनधारेको दुई नम्बरस्थित हर्नबील पार्क भ्रमण गराएको सचिव निर्मल गुरुङले बताए। उनले खरसाङ महकुमा खेलकूद संघका सभापति मोहन योञ्जन र सचिव निर्मल गुरुङको अगुवाईमा भ्रमण गरिएको जानकारी गराए। उनले वर्षभरि विभिन्न खेलकूदहरु आयोजना गरिने हुनाले सदस्यहरुलाई यसरी भ्रमण गराएर रिफ्रेस गर्ने पहल गरिएको बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande