किड्नी रोगीलाई सहयोगको लागि अपील
किड्नी रोगीलाई सहयोगको लागि अपील


किड्नी रोगीलाई सहयोगको लागि अपील


खरसाङ, 08 जुलाई (हि.स.)। खरसाङको गौरी शंकर चियाबारीको पाँचधुरे समाजकी कल्पना विश्वकर्मकी सुपुत्री किड्नी रोगी सपना विश्वकर्मलाई सहयोगको लागि अपील गरिएको छ। किड्नी रोगी सपना विश्वकर्मलाई सहयोगको लागि स्थानीय राकेश बम्जनले पहल गर्दै सबैलाई सहयोगको अपील गरेका छन्।

उनको उपचारको लागि गौरी शंकर चियाबारीको पाँचधुरे समाजको तर्फबाट सभापति भानु पाख्रीन र सचिव योगेन पाख्रीनले पनि आर्थिक सहयोगको लागि अपील गरेका छन्। बिरामी सपना विश्वकर्मको उपचार सिलगढीमा भइरहेको छ भने घरको आर्थिक स्थिति कमजोर रहेकाले उनको उपचारमा धेरै कठिनाइ भइरहेको बताइएको छ। यसर्थ, सबैलाई आफ्नो बलबुता अनुसार सहयोग गरिदिन अपील गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande