फ्ल्याटभित्र महिलाको शव झुण्डिरहेको अवस्थामा भेटियो
फ्ल्याटभित्र महिलाको शव झुण्डिरहेको अवस्थामा भेटियो


सिलगढ़ी, 08 जुलाई (हि.स.)। सिलगढ़ी नगरनिगम अन्तर्गत 46 नम्बर वार्डको नयाँ बस्ती क्षेत्रमा अवस्थित एउटा फ्ल्याटभित्र महिलाको गलफन्दामा झुण्डिरहेको शव भेटिनाले क्षेत्रमा खैलाबैला मच्चिएको छ। मृत महिलाको नाम निवेदिता दास (40) हो। तिनी आफ्नी छोरी र पतिसित उक्त फ्ल्याटमा बस्थिइन्।

सूत्र अनुसार बिहान लगभग 10 बजr घरेलु काम गर्ने महिलाले उसको कोठाभित्र गलफन्दामा झुण्डिरहेको शेव देखिन्। त्यसपछि फ्ल्याटमा बस्ने मानिसहरूलाई यस बारे जानकारी दिइन्। घटनाको सूचना पाएर प्रधान नगर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।

छिमेकीहरूले बताए, निवेदिता बिहान 8 बजे आफ्नी छोरीलाई स्कूलमा पुऱ्याएर घरमा फर्केकी थिइन्। त्यसपछि 10 बजे काम गर्ने महिलाले उसको कोठामा उसको झुण्डिरहेको शव देखिन्। स्थानीय मानिसहरू अनुसार केही दिनअघि निवेदिताकी आमाको निधन भएको थियो। तबदेखि नै तिनी मानसिक तनाउमा थिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande