पश्चिम बंगाल- पाकिस्तानको निम्ति जासूसी गरेको आरोपमा दुई पक्राउ
पश्चिम बंगाल- पाकिस्तानको निम्ति जासूसी गरेको आरोपमा दुई पक्राउ


कोलकाता, 08 जुलाई (हि.स.)। पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले आतङ्कसित जोड़िएको एक गम्भीर मामिलाको भण्डाफोड गर्दै बर्दवानबाट दुई संदिग्ध पाकिस्तानी जासूसहरूलाई पक्राउ गरेको छ। यी दुवैले एनजीओको आड़मा पाकिस्तानको गोप्य एजेन्सी आईएसआईलाई संवेदनशील जानकारी पठाइरहेको आरोप छ।

एसटीएफ सूत्रहरू अनुसार, आरोपीहरूको पहिचान मुकेश रजक र राकेश कुमार गुप्ताको रूपमा गरिएको छ। मुकेश बर्दवान नजिक स्थित पानागढ़को कैनल रोडको निवासी हो र मेमारी क्षेत्रमा एक स्वयंसेवी संस्थासित जोड़िएको थियो। राकेश कुमार कोलकाताको भवानीपुरको निवासी हो र त्यही एनजीओको माध्यमले बर्दवानमा भाड़ाको घरमा बसेर जासूसी गतिविधिहरूमा सामेल थियो।

पुलिसलाई शुरूआती जाँचमा थाहा लागेको छ कि यिनीहरूले मोबाइल सिमकार्डको ओटीपी साझा गरी विदेशी गोप्य एजेन्सीहरूलाई सूचना पठाइरहेका थिए। यसको सट्टा उनीहरूलाई पैसा दिइँथ्यो। मगंलवार एचडीएफसी केयरबाट प्राप्त जानकारी मुताबिक, एसटीएफले अबेर राति कारबाही गर्दै पहिले मुकेश रजकलाई एक नर्सिङ होमबाट पक्राउ गऱ्यो, जहाँ उसले आफ्नो उपचार गराइरहेको थियो। यसपछि राकेश कुमारलाई मेमारी स्थित उसको भाड़ाको घरबाट पक्राउ गरियो।

एसटीएफलाई आशंका छ कि यो मामिला कुनै ठूलो जासूसी नेटवर्कको हिस्सा हुनसक्छ। अब अधिकारीहरूले सोधपुछको माध्यमले यस नेटवर्कको तह र अन्य सहयोगीहरूबारे पत्तो लगाउने प्रयास गरिरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande