निम्न दबाव तथा चक्रवाती प्रभावले बंगालमा घना वर्षाको चेताउनी, कोलकाता लगायत केही जिल्लाहरूमा जनजीवन प्रभावित
निम्न दबाव तथा चक्रवाती प्रभावले बंगालमा घना वर्षाको चेताउनी, कोलकाता लगायत केही जिल्लाहरूमा जनजीवन प्रभावित


कोलकाता, 08 जुलाई (हि. स.)। गंगीय पश्चिम बंगालदेखि माथि निर्मित निम्न दबाव क्षेत्र झन् सक्रिय भएको छ जसकारण एक चक्रवातीय दबाव बंगालको खाड़ीदेखि माथि निर्माण भएको छ।

मौसम विभागको भनाइ छ, यो प्रणाली बिस्तारै झारखण्ड र उत्तर छत्तीसगढ़ तर्फ बढ़्नेछ जसको प्रभाव मंगलवार सम्पूर्ण दक्षिण बंगालभरि नै देखिनेछ।

कोलकाता, हावड़ा, हुगली, पुरुलिया, झाड़ग्राम औ दक्षिण 24 परगना जिल्लामा मंगलवार भारी वर्षा हुने चेताउनी जारी गरिएको छ। केही जिल्लाहरूमा मेघ गर्जन सहित 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना छ। तथापि मंगलवार अपरान्ह वा साँझदेखि मौसम सामान्य हुनसक्छ। दक्षिण बंगालमा वर्षाको तीव्रता बिस्तारै घट्नेछ।

बुधवारदेखि शुक्रवारसम्म बंगालमा वर्षाको तीव्रता अझ कम हुनेछ। यस अवधि कुनै-कुनै ठाउँमा हल्कादेखि मध्यम वर्षा अनि वज्रवात हुने आशंका रहनेछ। आगामी शनिवारदेखि फेरि मेघ गर्जन अनि वर्षाको श्रृंखला शुरू हुनसक्छ।

उत्तर बंगालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार र कुचबिहारमा आज दिनभरि पानी पर्नसक्छ। यी जिल्लाहरूमा आगामी बिहीवारदेखि वर्षा केही कम हुने पूर्वानुमान लगाइएको छ।

देशको पश्चिमी भागबाट एउटा ट्रफ लाइन उत्तर प्रदेश हुँदै बाँकुड़ा अनि दिघाको बाटो उत्तर बंगालको खाड़ीसम्म फैलिएको छ। यस ट्रफ लाइन अनि सक्रिय निम्न दबावको कारणले दक्षिम बंगालको आकाशमा घना बादल लाग्नेछ।

मौसम विभागले बंगाल र ओडिशाका मछुआराहरूला उत्तर पश्चिम तथा मध्य बंगालमा नजाने कड़ा चेताउनी दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande