जोरहाट (असम), 08 जुलाई (हि.स.)। तिताबर पुलिसको ड्रग्स विरोधी अभियान जारी छ। पुलिस सूत्रले आज बताएको छ, तिताबार समजिला पुलिस अधीक्षक तरूण गोयलको नेतृत्वमा संचालित एक अभियानमा ड्रग्स सहित दुई जना युवकहरूलाई पक्राउ गरिएको छ। पुलिसले तिताबरको बोकाहोला पुरानो लाइन क्षेत्रबाट ड्रग्स सहित दुई जना तस्करहरूलाई पक्राउ गऱ्यो।
पुलिस सूत्रले बताएको छ, पक्रा पर्ने दुवै युवकले विगत लामो समयदेखिकै बोकाहोला चिया बगानमा ड्रग्सको धन्दा गर्दै आइरहेका थिए। तिताबर पुलिसले तस्करहरूबाट ड्रग्स सहित दुईवटा मोबाइल फोन पनि जफत गरेको छ। आरोपी युवकहरूको पहिचान प्रांजल बोरा र अमृत मानकीको रूपमा भएकोछ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी कानूनी कारबाहीलाई जारी राखेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा