कानपुर, 08 जुलाई (हि.स.)। कलक्टरगंज थाना क्षेत्रको नयागंज स्थित लक्ष्मी मार्केटमा झरना ज्वैलर्सको दोकानमा कार्यरत कारीगर 25 लाख मूल्यको आभूषण लिएऱ भाग्यो। आरोपी पश्चिम बंगालको निवासी हो। पीड़ित व्यापारीको शिकायतमा पुलिसले कारीगर विरूद्ध मामिला दर्ता गरेको छ।
सहायक पुलिस आयुक्त कलक्टरगंज आशुतोष कुमार सिंहले मंगलवार बताए, मूल रूपमा ग्राम सगरपुर पश्चिम मिदनापुर पश्चिम बंगाल निवासी कारोबारी अनूप सामान्ता गत ढाई दशकदेखि फीलखाना क्षेत्रमा बसिरहेका छन्। यहाँ उनको नयागंज स्थित लक्ष्मी मार्केटमा झरना ज्वैलर्स नामको दोकान छ। जहाँ उनले थोकमा ज्वेलरी बनाएर फुटकर व्यापारीहरूलाई बेच्छन्।
उनले बताए, छह महिना अगाड़ी निश्चितपुर बारासात पश्चिम बंगाल निवासी अनूप गोस्वामी उनको दोकानमा आभूषण बनाउने काम गर्न आएको थियो। कारीगर दिनमा दोकानमा काम गर्थ्यो र राति त्यही सुत्नेगर्थ्यो। गत आइतवार राति उसले दोकानबाट 250 ग्राम 22 क्यारेटले बनेको लगभग 25 लाख रूपियाँको सुनको आभूषण लिएर भाग्यो। भोली पल्ट जब पीड़ित दोकानेलाई यसबारे जानकारी भयो तब उनले ज्वैलर्स एसोसिएशनका पदाधिकारीको साथ थाना पुगेर शिकायत दर्ता गराए।
सहायक पुलिस आयुक्तले भने, पीड़ित ज्वैलर्स दोकानेको शिकायतमा कारीगर विरूद्ध मामिला दर्ता गरिएको छ। साथै सर्विलान्स र सीसीटीवी क्यामराहरूको माध्यमले मामिलाको जाँच भइऱहेको छ। छिट्टै नै आरोपी पक्रा पर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी