प्रधानमन्त्री मोदी र जमैकाका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता, व्यापार-निवेशमाथि चर्चा
प्रधानमन्त्री मोदी र जमैकाका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता, व्यापार-निवेशमाथि चर्चा


नयाँ दिल्ली, 01 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेनद्र मोदी र जमैकाका प्रधानमन्त्री एन्ड्र्यू होलनेसबीच मंगलवार नयाँ दिल्लीको हैदराबाद हाउसमा द्विपक्षीय वार्ता भयो। यस अवधि दुवै नेताहरूले सम्बन्धहरूलाई अधिक बलियो बनाउने र व्यापार, निवेश, नवीकरणीय ऊर्जा, डिजिटल परिवर्तन, विकास साझेदारी, शिक्षा, क्षमता निर्माण र मानिसहरूबीच सम्पर्कमा सहयोग बढ़ाउने तरीकाहरूमाथि चर्चा गरे।

प्रधानमन्त्री नरेन्द्र मोदी र जमैकाका प्रधानमन्त्री एन्ड्र्यू होलनेसबीच मंगलवार प्रतिनिधिमण्डल स्तरको वार्तापछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधित गरे। यस अवधि दुवै नेताको उपस्थितिमा भारत र जमैकाबीच समझौता ज्ञापन (एमओयू) को आदान-प्रदान गरियो। प्रधानमन्त्री मोदीले यस अवसरमा भनेका छन्, भारत र जमैकाको सम्बन्ध साझा इतिहास, लोकतान्त्रिक मूल्यहरू र मानिसहरूबीच बलियो सम्बन्धहरूमाथि आधारित छ। दुवै देशलाई चार सी कल्चर (संस्कृति), क्रिकेट, कमनवेल्थ (राष्ट्रमण्डल) र केरिकम (केरेबियन समुदाय) ले जोड्दछ। जमैका उच्चायोग सामू सड़कको नाम ‘जमैका मार्ग’ राखिने उनले घोषणा गरे। यो सड़कले भावी पीढ़ीहरूका लागि हाम्रो गहिरो मित्रता र हाम्रो सहयोगको मार्ग प्रशस्त गर्नेछन्, उनले भने।

जमैकाको विकास यात्रामा भारतलाई विश्वसनीय र प्रतिबद्ध विकास बताउँदै प्रधानमन्त्रीले भनेका छन्, डिजिटल सार्वजनिक ढांचा, लघु उद्योग, जैव ईन्धन, नवाचार, स्वास्थ्य, शिक्षा, कृषि जस्ता क्षेत्रमा भारत आफ्नो अनुभव जमैकासित साझा गर्नको निम्ति तयार छ। रक्षा क्षेत्रमा भारतद्वारा जमैकाको सेनाको ट्रेनिङ र क्षमता निर्माणमा दुवै देश अगाड़ी बढ्नेछन्। भारत र जमैकाबीच व्यापार निवेश बढ़िरहेको छ। आईटीईसी र आईसीसीआर छात्रवृत्तिको माध्यमले भारतले जमैकावासीहरूको कौशल, विकास र क्षमता निर्माणमा योगदान दिएको छ। भारत र जमैका संयुक्त राष्ट्र सुरक्षा परिषद सहित वैश्विक संस्थानहरूमा सुधारको आवश्यकतामाथि सहमत छन्। यसलाई समकालीन रूप दिनको निम्ति हामी साथ मिलेर काम गरिरहनेछौं। संगठित अपराध, मादक पदार्थहरूको तस्करी, आतङ्कवाद हाम्रो साझा चुनौतीहरू हुन्। हामी यी चुनौतीहरूको मिलेर सामना गर्नमा सहमत छौं।

जमैकाका प्रधानमन्त्री एन्ड्र्यू होलनेसले कोविडको कठिन समयलाई याद गर्दै भारतलाई साँचो मित्र र भागीदार बताए औं भारत सरकारको तर्फबाट संचालित वैश्विक जैव ईन्धन गठबन्धनमा जमैका सामेल हुने घोषणा गरे। उनले भनेका छन्, दुवै नेताहरूबीच चर्चाहरूमा आपसी हितका धेरै मुद्दाहरूमाथि चर्चा गरियो। यसमा स्वास्थ्य, कृषि, डिजिटल परिवर्तन, फिल्म, शिक्षा, खेल, पर्यटन र अन्य देरै विषयहरू सामेल छन्। उनले भनेका छन्, बहुपक्षवादमा भारतको विश्वास सबै देशहरूको निम्ति काम गर्दछ। भारतको जी20 को अध्यक्षतामा शिखर सम्मेलनको भोइस अफ द ग्लोबल साउथ श्रृंखलामा उनी पनि सामेल भएका थिए। उनले जूनमा वेस्ट इन्डीजमा आयोजित 2024 पुरूष टी20 विश्व कपमा भारतको जित र गत महिना 45औं फिडे शतरंज ओलम्पियाडमा हालमा स्वर्ण पदक जितेकोमा भारतलाई बधाई दिए।

उनले भनेका छन्, लगभग दुई शताब्दीदेखि भारतीयहरूले जमैकामा आफ्नो छाप छोड़ेका छन् र स्वास्थ्य, शिक्षा, सूचना प्रौद्योगिकी र व्यवसाय सहित विभिन्न क्षेत्रहरूमा हाम्रो देशको विकासमा योगदान दिएका छन्। जमैकाको समृद्ध सांस्कृतिक विरासतमा उनीहरूको योगदान हाम्रो भोजन, संगीत र नृत्यमा पनि स्पष्ट झल्किछन्। यसको मान्यतामा हामी 1845 मा प्रथम भारतीयहरूको आगमनको स्मृतिमा प्रतिवर्ष 10 मईमा भारतीय विरासत दिवस मनाउँछौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande