बंगालमा अपरान्हपछि सामान्य पानी पर्ने सम्भावना
बंगालमा अपरान्हपछि सामान्य पानी पर्ने सम्भावना


कोलकाता, 18 अक्टोबर (हि.स.)। कोलकातामा आगामी 24 घण्टामा सौमस सामान्य रूपमा बादलले ढाकेको हुनेछ। मौसम विभाग अनुसार अपरान्हपछि कतिपय क्षेत्रहरूमा सामान्य वा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। शहरको अधिकतम तापमान 32 डिग्री सेल्सियस र न्यूनतम तापमान 25 डिग्री सेल्सियस लगभग रहने आशा छ।

शुक्रवार बिहान मौसम विभागको अपडेट अनुसार बितेको 24 घण्टामा कोलकातामा अधिकतम तापमान 31.6 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 1.0 डिग्री कम हो। न्यूनतम तापमान 27.3 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 3.1 डिग्री अधिक हो। शहरमा नमीको स्तर 93 प्रतिशतदेखि 68 प्रतिशतबीत रह्यो। पछिल्लो 24 घण्टामा वर्षा भएन तथापि सामान्य वर्षा हुने सम्भावना भने कायम छ।

पश्चिम बंगालका अन्य जिल्लाहरूको कुरा गर्नु हो भने उत्तर 24 परगना, हावड़ा, हुगली औ दक्षिण 24 परगनामा पनि सामान्य वर्षा हुनसक्छ। यी जिल्लाहरूमा पनि बादलहरूको गतिविधि सक्रिय छ जसबाट अपरान्हपछि पानी पर्नसक्छ। विशेष हावड़ा र हुगलीका केही स्थानहरूमा मेग गर्जनसितै पानी पर्नसक्छ।

मौसम विशेषज्ञहरू अनुसार यस मौसमको कारण बंगालको खाड़ी वरिपरी बनिएको निम्न दबाव क्षेत्रको हो जसले राज्यमा नमी अनि बादलहरूको मात्रालाई बढ़ाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande