दिल्लीका 13वटा प्रदूषण हटस्पोटमा राखिनेछ विशेष निगरानी
दिल्लीका 13वटा प्रदूषण हटस्पोटमा राखिनेछ विशेष निगरानी


नयाँ दिल्ली, 18 अक्टोबर (हि.स.)। दिल्लीमा बढ़्दो प्रदूषणलाई नियन्त्रित गर्ने उद्देश्यले पर्यावरण मन्त्री गोपाल रायले शुक्रवार दिल्ली सचिवालयमा एक आपतकालीन बैठक डाके। बैठकमा एमसीडी, पीडब्ल्यूडी, डीपीसीसी, पर्यावरण, ट्रान्सपोर्ट औ ट्राफिक पुलिस समेत सबै सम्बन्धित विभागीय अधकारीहरू उपस्थित थिए।

बैठकको उद्देश्य राजधानीका 13 वटा प्रदूषण हटस्पोटमाथि विशेष ध्यान दिनु हो जसमा आनन्द विहार सबैभन्दा प्रमुख छ। मन्त्री रायले अधिकारीहरूलाई हटस्पोट्समा प्रदूषण नियन्त्रण गर्नको लागि तत्काल कारबाही गर्ने निर्देश दिए। उनले भने, सबै 13 वटा हटस्पोट्समा प्रदूषणको स्थितिमाथि निगरानी राख्नको लागि ग्रीन वार रूमबाट विशेष ध्यान राखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande