सेक्स स्क्याण्डलका आरोपी प्रज्जवल रेवन्नाकी आमाको अग्रिम जमानतलाई रद्द गर्न सुप्रीम कोर्टले गऱ्यो अस्वीकार
सेक्स स्क्याण्डलका आरोपी प्रज्जवल रेवन्नाकी आमाको अग्रिम जमानतलाई रद्द गर्न सुप्रीम कोर्टले गऱ्यो अस्वीकार


नयाँ दिल्ली, 18 अक्टोबर (हि.स.)। सुप्रीम कोर्टले कर्णाटक सेक्स स्क्याण्डलका आरोपी जेडीएस नेता प्रज्ज्वल रेवन्नाकी आमा भवानी रेवन्नालाई प्राप्त अग्रिम जनातलाई रद्द गर्नदेखि अस्वीकार गरिदियो। सुप्रीम कोर्टले भन्यो, मुख्य आरोपी थुनामा छन् र यस मामिलामा चार्जशीट पनि दर्ता गरिसकिएको छ। त्यसैले यस महिलाको अग्रिम जनातलाई रद्द गर्ने आवश्यकता छैन।

वास्तवमा कर्णाटक हाई कोर्टले भवानी रेवन्नालाई अग्रिम जमानत दिएको थियो। कर्णाटक हाई कोर्टको फसेलालाई कर्णाटक सरकारले सुप्रीम कोर्टमा चुनौती दिएको थियो। प्रज्जवल रेवन्नाविरूद्ध सेक्स स्क्याण्डलको आरोपले राजनीतिक तूफान ल्याइदिएको थियो। विपक्षी दलहरूले यसलाई राजनीतिक मुद्दा बनाएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande