ओटीटी प्लेटफर्मको निगरानीको लागि नियामक बोर्ड गठन गर्ने मागमाथि सुप्रीम कोर्टले गर्नेछैन सुनवाई
ओटीटी प्लेटफर्मको निगरानीको लागि नियामक बोर्ड गठन गर्ने मागमाथि सुप्रीम कोर्टले गर्नेछैन सुनवाई


नयाँ दिल्ली, 18 अक्टोबर (हि.स.)। सुप्रीम कोर्टले ओटीटी प्लेटफर्मको निगरानी गर्नको लागि नियामक बोर्ड गठन गर्ने मागमा दर्ता याचिकामाथि सुनवाई गर्न अस्वीकार गरिदिएको छ। चीफ जस्टिस डीवाई चन्द्रचुड़को अध्यक्षतामा रहेको बेञ्चले उक्त याचिकामाथि सुनवाई गर्न अस्वीकार गरिदियो।

वकिल शशांक शेखर झाको पक्षबाट सुप्रीम कोर्टमा दर्ता याचिकामा ओटीटी प्लेटफर्मको निगरानी गर्नको लागि नियामक बोर्ड गठन गर्ने निर्देश दिनुपर्ने माग गरिएको थियो। याचिकामा भनिएको थियो, थियेटरमा फिल्म रिलीज हुनको लागि सेन्सर बोर्डको सर्टिफिकेट हुन आवश्यक छ, तर ओटीटी कन्टेन्टको लागि यस्तो कुनै तन्त्र छैन।यसले गर्दा ओटीटी प्लेटफर्ममा हिंसक औ अश्लील सामग्रीदेखि लिएर यस्ता सामग्रीहरूको थुप्रो पाइन्छ। यतिमात्र नभएर यसले राष्ट्रिय सुरक्षाको लागि पनि जोखिम उत्पन्न गर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande