विधानसभा उपचुनाउमा कंग्रेससित सम्भावित सम्झौतामाथि माकपामा मन्थन जारी
विधानसभा उपचुनाउमा कंग्रेससित सम्भावित सम्झौतामाथि माकपामा मन्थन जारी


कोलकाता, 18 अक्टोबर (हि.स.)। राज्यका छःवटा विधानसभा सीटहरूमा हुन गइरहेको उपचुनाउको तयारी तीव्र गतिमा भइरहेको छ। यसबीच मार्क्सवादी कम्युनिस्ट पार्टीमा कंग्रेससित हुनसक्ने गठबन्धनलाई लिएर मन्थन भइरहेको छ। चुनाउमा कंग्रेससित पार्टीको गठबन्धन हुन्छ कि हुँदैन, यसलाई लिएर शुक्रवार फसेला हुने आशा छ। माकपाका राज्य सचिव मोहम्मद सलिम हाल इंगल्याण्डमा छन्।त्यसैले उपचुनाउलाई मध्यनजर गर्दै पार्टी नेतृत्ववे गए बिहीवार अबेर रातीसम्म भर्चुअल बैठकको माध्यमबाट तयारीलाई अन्तिम रूप दिएका छन्।

बैठकमा तय भएको छ, छःवटा विधानसभा क्षेत्रको जिम्मेवारी पार्टीको सचिव मण्डलीका छःजना सदस्यहरूलाई सु्म्पिइनेछ। कुचबिहारको सिताइ विधानसभा सीटको लागि जीवेश सरकार, अलिपुरद्वारको मदारीहाटको लागि जी. आलम, उत्तर 24 परगनाको नैहाटीको लागि श्रीदीप भट्टाचार्य, हड़ोआको लागि पलाश दास, मेदिनीपुरको लागि सुजन चक्रवर्ती औ बाँकुराको तालडंगराको लागि अमिय पात्रलाई चुनाउ प्रबन्धनको जिम्मेवारी दिइएको छ।

शुक्रवार साँझ 5.30 बजे माकपाका चेयरम्यान विमान बसुले राज्य वाम मोर्चाको बैठक डाकेका छन्। माकपाका सचिव मोहम्मद सलिमको अनुपसथितिमा लोकसभा चुनाउमा कंग्रेस वा अन्य दलहरूसित समन्वयको कार्य ककसले गर्नेछ, यो एउटा महत्वपूर्ण प्रश्न भएको छ। यस अतिरिक्त पार्टीले माकपा (माले) लिबरेशनसित पनि बातचित गर्ने इच्छा व्यक्त गरेको छ ताकि एउटा ठूलो वामपन्थी गठबन्धन बनाउन सकियोस्, कंग्रेससित सम्झौता नभए पनि। अब हेर्ने योग्यको कुरा के हुनेछ भने माकपा र वाम मोर्चा यस उपचुनाउमा कस्तो रणनीति लिएर अघि बढ़्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande