दिग्गज अभिनेता देवराज रायको कोलकातामा निधन, आज अन्तिम संस्कार
दिग्गज अभिनेता देवराज रायको कोलकातामा निधन, आज अन्तिम संस्कार


कोलकाता, 18 अक्टोबर (हि.स.)। चर्चित अभिनेता देवराज रायको 73 वर्षको आयुमा बिहिवार राति निधन भएको छ। उनी किडनीको बिमारीले पीड़ित थिए। मञ्च, सिनेमा र दूरदर्शनको समाचार वाचनको क्षेत्रमा आफ्नो भिन्नै छाप छोड्ने देवराज रायको निधनले पूरा बंगाल शोकमा डूबेको छ। उनकी पत्नी अनुराधा राय पनि एक लोकप्रिय अभिनेत्री हुन्।

मुख्यमन्त्री ममता ब्यानर्जीले अभिनेताको निधनमा शोक व्यक्त गर्दै भने, 'देवराज राय बंगाली फिल्म जगतका एक विशेष नाम थियो। उनले धेरै प्रसिद्ध निर्देशकहरूका फिल्ममा काम गरे अनि प्रशंसा पाए। मेरो लामो समयदेखि उहॉंसॅंग चिनजान थियो। उहॉं एक सज्जन व्यक्ति थिए। उहॉंको परिवारप्रति मेरो गहिरो समवेदना छ।'

देवराज रायको जन्म 9 दिसम्बर, 1950 मा भएको थियो। उनले 1970 मा सत्यजीत रायको फिल्म 'प्रतिद्वन्दी' बाट अभिनयको शुरुवात गरे। यसपछि 1971 मा मृणाल सेनको 'कोलकाता 71' मा अभिनय गरे, जसले उनलाई ठूलो लोकप्रियता दिलाए।

देवराजले तपन सिन्हा, तरुण मजूमदार, विभूति लाहा जस्ता चर्चित निर्देशकसॅंग काम गरे। उनको प्रतिभा तपन सिन्हाको फिल्म 'राजा' मा सदैव स्मरणीय रहनेछ। यस अतिरिक्त, 1973 मा दिनेन गुप्ताद्वारा निर्देशित फिल्म 'मर्जिना अब्दुल्ल' मा मितु मुखर्जीसॅंग उनको जोडीले पनि दर्शकहरूको मन जित्न सफल बन्यो। यस फिल्ममा उनको अभिनय र मन्ना डेको गीत आज पनि श्रोताहरूबीच लोकप्रिय छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande