लमडिङ-बरदरपुर हिल सेक्शनमा ट्रेन सेवा बहाल
लमडिङ-बरदरपुर हिल सेक्शनमा ट्रेन सेवा बहाल


गुवाहाटी, 18 अक्टोबर (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे) को ल​मडिङ-बरदरपुर हिल सेक्शनमा ट्रेन सेवाहरू शुक्रवार बिहानदेखि फेरि सुचारू भएको छ। पूसीरेका सीपीआरओ कपिंजल किशोर शर्माले भने, गए बिहिवार ट्रेन संख्या 12520 (अगरतला-लोकमान्य तिलक टर्मिनस एक्सप्रेस) पटरीबाट झरेपछि प्रभावित भएको लमडिङ-बरदरपुर हिल सेक्शनमा ट्रेन सेवाहरू फेरि सुचारू गरिएको छ। ट्रेन संख्या 12503 (एसएमवीटी बेङलुरु-अगरतला एक्सप्रेस) 09:48 बजी डिबालोङ स्टेशनको दुर्घटना प्रभावित सेक्शनबाट चल्ने पहिलो ट्रेन हो। ट्रेन सेवा सुचारू गर्नअघि सुरक्षाका सबै मानकहरूको निरीक्षण गरियो।

उल्लेखनीय छ, लमडिङ-बरदरपुर हिल सेक्शनमा अगरतला लोकमान्य तिलक टर्मिनस एक्सप्रेस डिमा हसाओ जिल्लाको डिबालोङ क्रसिङ पोइन्टमा पटरीबाट झरेको थियो। यस कारण त्रिपुरा, मणिपुर र असमको बराक घाटीमा ट्रेन सेवा बाधित भएको थियो। दुर्घटनामा कुनै प्रकारको अप्रिय घटना घटेन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande