भारत-पाक सीमावर्ती क्षेत्रबाट करोड़ौंको हेरोइनसहित एक पक्राउ
भारत-पाक सीमावर्ती क्षेत्रबाट करोड़ौंको हेरोइनसहित एक पक्राउ


चण्डीगढ़, 18 अक्टोबर (हि.स.)। पंजाब पुलिसले सीमावर्ती जिल्ला पठानकोटबाट एक व्यक्तिलाई पक्राउ गरेर एक किलो 350 ग्राम हेरोइन जफत गरेको छ। पंजाब पुलिस महानिदेशक गौरव यादवले शुक्रवार बिहान सोशल मिडिया साइट एक्समा बताए, पंजाब पुलिसको काउण्टर इन्जेलीजेन्स विङ्ग र गुरदासपुर पुलिसको जोइन्ट अपरेशन अवधि एक युवकलाई हेरोइनको साथमा पक्राउ गरेको छ।

पक्रा पर्ने युवकको पाकिस्तान ड्रग तस्करहरूसॅंग सम्पर्क थियो। पाकिस्तानी ड्रग तस्कर पंजाबको सीमामा ड्रोनको मद्दतले नशालु पदार्थ पुऱ्याउने गर्थे र आरोपीले त्यसलाई अगाडि पुऱ्याउने काम गर्थे।

डीजीपीले भने, यस मामिलामा अझै पनि धेरै पक्राउ हुने सम्भावना छ। आरोपी विरुद्ध मामिला दर्ता गरेर जॉंच शुरू गरिएको छ। आरोपीको पाकिस्तानलगायत भारतीय पंजाब र अन्य राज्यहरूमा सम्पर्कहरूको बारेमा पत्तो लगाउने प्रयास गरिॅंदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande