इम्फालमा हतियारहरूको साथमा तीन उग्रवादी पक्राउ
इम्फालमा हतियारहरूको साथमा तीन उग्रवादी पक्राउ


इम्फाल, 18 अक्टोबर (हि.स.)। मणिपुर पुलिसले इम्फाल पश्चिम जिल्लाबाट प्रतिबन्धित उग्रवादी संगठनका तीन उग्रवादीलाई पक्राउ गरेको छ। पक्रा परेका उग्रवादीहरूबाट अत्याधुनिक हतियार र विस्फोटक बरामद गरिएको छ।

पुलिसले शुक्रवार बताए, कंगलेई यावोल कानबा लूप (केवाईकेएल) संगठनसित सम्बन्धित तीन जनालाई लीरेनकाबी बजारबाट पक्राउ गरियो। पक्रा परेका उग्रवादीहरूको नाम जितेन साना उर्फ आरके (40), ताखेलचांगबाम इबोहानबी (49) र अहीबाम जिमसन (28) बताइएको छ।

उग्रवादीहरूबाट एउटा एके राइफल, एउटा म्यागजिन र पॉंच राउण्ड, एउटा इन्सास राइफल, तीन म्यागजिन र 15 राउण्ड, एउटा कार्बाइन, दुई म्यागजिन र 140 राउण्ड र एउटा इन्सास एलएमजी म्यागजिन बरामद गरिएको छ। उनीहरूका गाडी र तीन मोबाइल फोन पनि जफत गरिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande