कानपुर जेलमा थुनिएका कथित पत्रकार कमलेश फाइटरका साथी शानु लफ्फाज भगौड़ा घोषित
कानपुर जेलमा थुनिएका कथित पत्रकार कमलेश फाइटरका साथी शानु लफ्फाज भगौड़ा घोषित


कानपुर, 18 अक्टोबर (हि.स.)। अवैध असुली मामिलामा भागिरहेका शानु लफ्फाजलाई नजिराबाद थानाको पुलिसले भगौड़ा घोषित गरिदिएको छ। शानुविरूद्ध एघारवटा आपराधिक मामिला दर्ता छन्। उसको खोजीमा पुलिसले लगातार छापा मारिरहेको छ। भगौड़ा शानु कथित पत्रकार कमलेश फाइटरका साथी हुन्। पुलिसले न्यायालयको आदेशमा शानुको घरमा जमानती वारेन्टको नोटिस टाँसेको छ।

अप्पर पुलिस उपायुक्त महेशति कुमारले शुक्रवार बताए, नजिराबाद थाना क्षेत्रको हीरामनको पुरवा निवासी चतुर अपराधी शानु लफ्फाज कथित पत्रकार कमलेश फाइटरका साथी हुन् जसमाथि नजिराबाद थानामा स्कूल संचालकबाट रंगदारी मागेको सहित एघारवटा मुद्दा लागेको छ। यति मात्र नभएर शानु नामी अपराधी शाहिद पिज्जाका पनि पुराना साथी हन्।

शानु लामो समयदेखेकै भागेका छन् र पुलिसका टीमहरू उसको खोजीमा जुटेका छन्। तर पनि उसलाई समात्न सकिरहेको छैन। उसको विरोधमा न्यालयाको आदेशमा कुर्कीको कारबाहीलााई तीव्रता दिइएको छ। शानु र उसको परिवारका मानिसहरू घरमा ताला लगाएर भागेका छन्। त्यसैले उसको घर बाहिर नोटिससितै वारन्ट टाँसिएको छ। यति गर्दा पनि उ पेश भएन पनि कुर्की गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande