मणिपुरमा दुई गुटमाझ गोली चल्यो
मणिपुरमा दुई गुटमाझ गोली चल्यो


इम्फाल, 18 अक्टोबर (हि.स.)। इम्फाल पश्चिम जिल्लामा दुई गुटबीच व्यापक गोली चल्यो। तथापि यस भिड़न्तमा कुनै प्रकारको ज्यानहानि भएको सूचना प्राप्त भएको छैन।

मणिपुर पुलिसले आज बतायो गए बिहीवार मणिपुरको इम्फाल पश्चिम जिल्ला अन्तर्गत कोत्रुक गाउँमा दुई समूहमाझ भिड़न्त भयो। एकातिर नयाँ दिल्लीमा मैतेई र कुकी विधायकबीच भइरहेको संघर्षको शान्तिपूर्ण समाधान खोज्नका लागि बैठक सम्पन्न भयो भने अर्कोतिर दुई गुटमाझ गोली चलिरहेको छ।

पुलिसले बतायो, हतियारधारी आक्रमणकारीहरूले कांगपोकपी जिल्लाको हिमाली क्षेत्रमुनि बेसीमा अवस्थित कोत्रुक गाउँमा आक्रमण गरे जसपश्चात गाउँका स्वयंसेव कहरूले जवाफी कारबाही गरे। भिड़न्तपछि स्थितिलाई नियन्त्रण गर्नका लागि ठूलो संख्यामा सुरक्षा बलहरूलाई क्षैत्रमा तैनाथ गरियो। तथापि यस घटना अवधि कुनै प्रकारको ज्यानहानि नभए पनि सम्पूर्ण क्षेत्रमा तनाउ कायम छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande