सलमान खानलाई फेरि धम्की, अवस्था बाबा सिद्दिकीभन्दा खराब हुने चेताउनी
सलमान खानलाई फेरि धम्की


मुम्बई, 18 अक्टोबर (हि.स.)। फिल्म अभिनेता सलमान खानलाई फेरि मार्ने धम्की दिइएको छ। मुम्बई ट्राफिक पुलिसको एउटा व्हाट्सएप नम्बरमा आएको धम्कीपूर्ण म्यासेजमा 5 करोड़ रूपियॉं माग गरिएको छ। पैसा नदिएको खण्डमा सलमान खानको अवस्था पनि बाबा सिद्दीकीभन्दा खराब हुने चेताउनी दिइएको छ। मुम्बई पुलिसले व्हाट्सएप म्यासेजको छानबिन शुरू गरेको छ।

पुलिस अनुसार, मुम्बई ट्राफिक पुलिसको व्हाट्सएप नम्बरमा धम्कीपूर्ण सन्देश प्राप्त भएको छ। म्यासेज पठाउने व्यक्तिले कथित रूपमा पैसा दिन धम्की दिॅंदै पैसा नदिएको खण्डमा सलमान खानको अवस्था पनि बाबा सिद्दीकीभन्दा खराब हुने चेताउनी दिइएको छ।

म्यासेजमा भनिएको छ, 'यसलाई हल्कामा नलिनु, यदि सलमान खान जिउॅंदो बस्न चाहन्छन् र लरेन्स बिश्नोईसॅंग दुश्मनी समाप्त गर्न चाहन्छन् भने पॉंच करोड़ रूपियॉं दिनु पर्नेछ। यदि पैसा दिइएन भने सलमान खानको अवस्था बाबा सिद्दीकीभन्दा खराब हुनेछ।' उक्त धम्कीपूर्ण म्यासेजपछि पुलिसले मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

उल्लेखनीय छ, महाराष्ट्रका पूर्व मन्त्री बाबा सिद्दीकी (66) को 12 अक्टोबर राति मुम्बईको बान्द्रामा गोली हानेर हत्या गरिएको थियो। यस मामिलामा पुलिसले अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande