वायु प्रदूषणमा दिल्ली सरकारको रबैया विरूद्ध ग्यास मास्क लगाएर ‘स्मग टावर’ पुगे शहजाद पूनावाला
पूनावाला


नयाँ दिल्ली, 18 अक्टोबर (हि.स.)। राजधानीमा बढ्दो प्रदूषणलाई लिएर दिल्ली सरकारको रबैयाको विरोधमा शुक्रवार भारतीय जनता पार्टीका नेता शहजाद पूनावाला मास्क लगाएर कनोट प्लेस स्थित स्मग टावर नजिक पुगे।

यस अवसरमा उनले मीडियासित कुराकानीमा शहजाद पूनावालाले भनेका छन्, आम आदमी पार्टीको सरकारको आरोप-प्रत्यारोपको राजनीतिको कारण आज दिल्ली ग्यास च्याम्बर बनेको छ। दिल्लीलाई प्रदूषण मुक्त बनाउनेछौं भनेर उसले ठूला-ठूला वाचाहरू गरेको थियो। दिल्लीमा आम आदमी पार्टी (आआप) को सरकारले दिवालीमा पटेकामाथि ब्यान त लगायो तर जुन स्मग टावरमा 23 करोड़ रूपियाँ खर्चा गरियो, त्यसमा ताला लगाइयो। जुन प्रकारले आआपको सरकारले प्रदूषणको नाममा मानिसहरूसित छल गऱ्यो र दिल्लीलाई सबैभन्दा विषालु र प्रदूषित शहर बनाउने काम गरिरहेको छ, यसको पर्दाफास गरिन्दैछ। राजधानीमा लगाइएका तमाम स्मग टावरको जायजा लिइनेछ र दिल्लीको जनतालाई यससित अवगत गराइनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande