सियालदह ईएसआई अस्पतालमा आगो, नियन्त्रित गरियो
सियालदह ईएसआई अस्पतालमा आगो, नियन्त्रित गरियो


कोलकाता, 18 अक्टोबर (हि.स.)। कोलकाताको सियालदहस्थित ईएसआई अस्पतालमा शुक्रवार बिहान भीषण आगो लाग्यो। बिहान पॉंच बजी अस्पतालको दोस्रो तलाबाट कालो धुॅंवा निक्लिएको देखियो, जसपछि दमकलको 10 गाडी घटनास्थल पुग्यो र बिहान 7:40 बजीसम्म आगोलाई नियन्त्रित गरियो।

घटनाको सूचना पाएर राज्यको अग्निशमन मन्त्री सुजीत बोस अस्पताल पुगे। प्राथमिक जानकारी अनुसार, अस्पतालमा त्यस समय लगभग 80 जना बिरामी थिए। अधिकांश बिरामीहरूलाई सुरक्षित स्थानमा पुऱ्याउने कार्य गरियो। केही बिरामीहरूलाई मानिकतला ईएसआई अस्पतालमा स्थानान्तरित गरियो।

दुर्घटनामा कसैलाई चोटपटक लागेको सूचना छैन, तर एक बिरामीलाई धुॅंवाका कारण स्वास लिन समस्या भयो भने अहिले उनको अवस्था गम्भीर रहेको बताइएको छ। अग्निशमन मन्त्रीले भने, पूजाका कारण धेरै बिरामीहरू छुट्टी लिएर घर गएका थिए, जस कारण ठूलो क्षति अथवा जनहानि भएन। दमकल कर्मीहरूले पनि बहादुरीका साथ काम गरे।

आगो लाग्नुका कारणहरू पत्तो लगाउन जॉंच गरिॅंदैछ। अस्पताल प्रशासनले शुक्रवार आउटडोर बन्द रहने घोषणा गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande