गान्तोक, 20 नोभेम्बर (हि.स.)। नर्थ इस्ट युनाइटेड एफसी 40औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय टुर्नामेन्ट 2024 को फाइनलमा पुगेको छ। यहॉंको पाल्जोर स्टेडियममा आज खेलिएको पहिलो सेमिफाइनल खेलमा नर्थ इस्ट युनाइटेड एफसीले प्रतिद्वन्दी गोकुलम एफसी केरलालाई 2-0 गोलले पराजित गऱ्यो।
खेलको फर्स्ट हाफ गोलरहित समाप्त भयो। पहिलो हाफमा गोकुलम एफसीले नर्थ इस्ट युनाइटेडमाथि निकै दबाउ बनाएको थियो। तर, दोस्रो हाफमा नर्थ इस्ट युनाइटेडका खेलाड़ीहरूमा छुट्टै फुर्ती देखापऱ्यो। उनीहरूले गोकुलम एफसीमाथि आफ्नो दबाउ बढाउन थाले। फलस्वरूप 58औं मिनटमा डलास मून गाङ्गते र अतिरिक्त पॉंच मिनटको अन्तिम क्षणमा मोहम्मद जाहनले एक-एक गोल गरेर फाइनलमा स्थान पक्का गरे।
आजको खेलमा नर्थ इस्ट युनाइटेड एफसीका गोलकीपर अर्मान तामाङलाई म्यान अफ् द म्याच चयन गरियो। मुख्य अतिथिको रूपमा उपस्थित मन्त्री अरुण उप्रेतीको बाहुलीद्वारा उनलाई पुरस्कृत गरियो। भोलि, दोस्रो सेमिफाइनल खेल गान्तोक हिमालयन एससी र चेन्नियन एफसीबीच सॉंझ 5:30 बजी हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल