अमेरिकामा गौतम अडाणीमाथि घूसघोरको आरोप, ग्रुपका कम्पनीहरूको शेयरमा ठूलो ह्रास
अमेरिकामा गौतम अडाणीमाथि घूसघोरको आरोप, ग्रुपका कम्पनीहरूको शेयरमा ठूलो ह्रास


- अमेरिकामा गौतम अडाणी औ सागर अडाणीविरूद्ध पक्राउ वारण्टी जारी

नयाँ दिल्ली, 21 नोभेम्बर (हि.स.)। अडाणी ग्रुपका प्रमुख गौतम अडाणी फेरि एकपटक विवादहरूमा घेरिएका छन्। अमेरिकामा उनीमाथि अरबौं डलरको घूसखोरीमा सामेल रहेको तथा निवेशकहरूलाई धोका दिएको आरोप लगाइएको छ। यी आरोपहरूमाथि अमेरिकी कोर्टमा प्राथमिक सुनवाई भयो। त्यसपछि गौतम अडाणी र उनका भतिज सागर अडाणीविरूद्ध पक्राउ वारण्टी जारी गरिएको छ। यी आरोपहरूपछि अडाणी ग्रुपका लिस्टेड कम्पनीहरूको शेयरमा आज ठूलो ह्रास दर्ता गरियो। ग्रुपका अलग-अलग कम्पनीहरूको शेयर 10 देखि 23 प्रतिशतसम्म तल झऱ्यो। गौतम अडाणी, भतिजा सागर अडाणी तथा अन्य एकजनामाथि अमेरिकी प्रसिक्यूटर्सले आरोप लगाएका छन्, अडाणी ग्रुपले सोलर एनर्जीको कन्ट्र्याक्ट हासिल गर्नको लागि भारतीय अधिकारीहरूलाई घूस दिएका थिए।

अमेरिकी सिक्योरिटीज एण्ड एक्सचेञ्ज कमीशन (एसईसी)-द्वारा बनाइएको मामिलामा भनिएको छ, गतम अडाणी, सागर अडाणी र अन्यले झूटो तथा भ्रामक बयानहरूको माध्यमबाट अमेरिकी निवेशक तथा ग्लोबल फाइनेन्शियल इन्स्टीट्यूशन्सबाट फण्ड जुटाए र यस फण्डको प्रयोग घूसखोरीमा गरे। आरोपमा भनिएको छ, अडाणीद्वारा लगभग 265 मिलिन डलर घूस दिइयो। यो आरोप विदेशी व्यापार सौदामा घूसखोरी रोक्नको लागि बनाइएको अमेरिकी कानून विदेशी भ्रष्ट आचरण अधिनियम अन्तर्गत पर्दछ।न्यूयर्कको ब्रुकलिनमा दर्ता गरिएको अभियोगमा गौतम अडाणी र सागर अडाणी अतिरिक्त विनीता एस जैनको नाम पनि सामेल गरिएको छ। यस मामिलामा आपराधिक आरोप हुनको साथै अमेरिकी सिक्योरिटीज एण्ड एकेसचेञ्ज कमीशनले एक सिभिल केस पनि दर्ता गरेको छ। अडाणी ग्रुपमाथि इलेक्ट्रनिक प्रमाणलाई मेटाउनको साथै जस्टिस डिपार्टमेन्ट, सिक्योरिटीज एण्ड एक्सचेञ्ज कमीशन तथा एसबीआईलाई भ्रमित पारेको आरोप पनि लगाइएको छ।अडाणी ग्रुपविरूद्ध यो आरोप यस्तो समयमा आएको छ जतिबेला यो ग्रुप अमेरिकी शर्ट सेलर फर्म हिंडनबर्ग रिसर्चको रिपोर्टबाट लागेको झट्काबाट केही राहत महसूस गरिरहेको थियो। हिंडनबर्ग रिसर्चद्वारा आरोप लगाइएपछि ग्रुपको वित्तीय स्थितिमाथि ठूलो प्रभाव परेको थियो, तर त्यसपछि अडाणी ग्रुपले आफ्नो ऋणमा धेरै कटौती गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande