विधाननगर, 21 नोभेम्बर (हि.स.)। कारको चपेटमा परी एकजना प्रौढ़को मृत्यु भयो। घटना बिहीवार बिहान न्यूटाउन थाना क्षेत्रमा घटेको हो। मृतकको नाम सन्तोष ब्रह्म (52) हो जो न्यूटाउनको आनन्द पल्लीमा बस्थे।
पारिवारिक सूत्र अनुसार सन्तोष ब्रह्म चिया पिउनको लागि घरदेखि पैदल हिँड़िरहेका थिए। सोही समय एउटा कारले उनलाई धक्का दियो। रगताम्मे अवस्थामा तिनी भुइँमा लड़े। उनलाई अस्पतालमा पुऱ्याइयो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। घटनापछि कार चालकले टाप कसे। पुलिसले क्षेत्रको सीसीटीभी जाँच गरिरहेको छ।
प्रदेशमा एकपछि अर्को भइरहेको सड़क दुर्घटनाप्रति मुख्यमन्त्री ममता ब्यनर्जीले स्वयं चिन्ता व्यक्त गरेकी छन्। हालैमा मुख्यमन्त्रीले उत्तर बंगालदेखि सोझै परिवहन मन्त्री स्नेहाशीष चक्रवर्तीलाई फोन गरी आदेश दिएकी थिइन्, दुर्घटनाहरूलाई रोक्नको लागि कड़ा कदम उठाइयोस्। त्यसपछि पनि स्थितिमा सुधार आएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा