बंगलादेशमा मानवाधिकारको उल्लंघनमाथि शुभेन्दु अधिकारीको कड़ा प्रतिक्रिया
बंगलादेशमा मानवाधिकारको उल्लंघनमाथि शुभेन्दु अधिकारीको कड़ा प्रतिक्रिया


कोलकाता, 03 दिसम्बर (हि.स.)। पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले मंगलवार बंगलादेशमा हिन्दू अल्पसंख्यकहरूको पक्राउ अनि साधु चिन्मय कृष्ण दासका वकिलहरूसित भएको दुर्व्यवहारलाई गम्भीर मानवाधिकार उल्लंघन बताए।

शुभेन्दु अधिकारीले आरोप लगाए, चिन्मय दासका वकिल रमन राय अनि रिगन आचार्यलाई कट्टरपन्थीहरूद्वारा कुटियो जसले गर्दा उनीहरू अदालतमा पेश हुन सकेनन्। उनले भने, न्यूनतम पनि 17 जना वकिलहरूमाथि झूटो मामिला दर्ता गरिएको छ साथै मलाई खबर प्राप्त भए अनुसार उनीहरूलाई पनि पक्राउ गरिएको छ। यो पूर्ण रूपले मानवाधिकारको हनन हो। अन्तरराष्ट्रिय मानवाधिकार संगठनहरूले तत्काल हस्तक्षेप गर्नुपर्छ।

शुभेन्दु अधिकारीले बंगलादेशमा हिन्दू अल्पसंख्यकहरूमाथि भइरहेको अत्याचारप्रति कड़ा चिन्ता व्यक्त गरे। उनले भने, बंगलादेशमा एउटा आतंकवादी संगठन सक्रिय छ जुन हमास, आईएसआईएस र तालिबानभन्दा खतरनाक छ। हिन्दूहरू यस्तो अत्याचारविरूद्ध एकवद्ध हुनुपर्छ। इस्कन जस्तो अन्तरराष्ट्रिय संगठनले पनि यस मामिलामा सशक्त प्रतिक्रिया दिनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande