कुरानमाथि आआप विधायकको बयानविरूद्ध भाजपा नेताहरूको प्रदर्शन
कुरानमाथि आआप विधायकको बयानविरूद्ध भाजपा नेताहरूको प्रदर्शन


नयाँ दिल्ली, 3 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) अल्पसंख्यक मोर्चाले आम आदमी पार्टी (आआपा) संयोजक अरविन्द केजरीवालको आवासमा पवित्र क़ुरानको अपमान गर्ने आआपा विधायक नरेश यादवलाई पक्राउ अनि निष्कासन गर्नुपर्ने मागमा मंगलवार विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूमा दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवा, नेता प्रतिपक्ष विजेन्द्र गुप्ता औ भाजपाका अन्य नेताहरू पनि उपस्थित थिए।

यस अवधि भाजपा दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले भने, हाम्रो देशमा सबै धर्मका मानिसहरू बसोबास गर्दछन् र उनीहरूले आ-आफ्नो प्रकारले प्रार्थना गर्दछन् अनि सम्मान गर्दछन्। तर आम आदमी पार्टीका विधायक नरेश यादवले कुरान शरीफको विरोध गर्दछन्। उनलाई पञ्जाबको मलेरकोटला कोर्टले सजाय सुनाएको भए पनि त्यहाँका मुख्यमन्त्री भगवन्त मान यसमाथि मौन छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande