सोनादा, 03 दिसम्बर (हि.स.)। निम्साङ लिम्बूले थाइल्याण्डमा हुने अन्तरराष्ट्रिय प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने भएको छ। ट्रेल रनर निम्साङ लिम्बूले यूटीएमबीद्वारा एशिया प्यासिफिक होका च्याङ माई थाइल्याण्डमा भारतको प्रतिनिधित्व गर्ने भएका छन्। आगामी 5 देखि ८ दिसम्बर, 2024 सम्म हुने यो प्रतियोगिता युटीएमबी वर्ल्ड सिरिज मेजर्सको एक भाग हो, जसलाई अमेरिका, युरोप, एशिया प्यासिफिक र ओसिनियामा आयोजित ट्रेल रनिङमा शिखर इभेन्टको रूपमा मान्यता दिइएको छ।
निम्साङका मेन्टर तथा प्रोजेक्ट लाइफका संयोजक बिक्रम थापाका अनुसार, यूटीएमबी वर्ल्ड सिरिज मेजर्स विश्वभरका एलिट खेलाडीहरुलाई आकर्षित गर्ने इन्ड्युरेन्स रनिङको प्रतीक हो। एशिया प्यासिफिक मेजरमा निम्साङको सहभागिताले उनको कडा परिश्रम र खेलप्रतिको समर्पणलाई प्रतिबिम्बित गर्छ।
सन् 2003 मा पहिलो पटक आयोजना गरिएको अल्ट्रा–ट्रेल डु मोन्ट–ब्लाङ्क (यूटीएमबी) विश्वको सबैभन्दा प्रतिस्पर्धी माउन्टेन अल्ट्राम्याराथन हो। सन् 2023 मा युटीएमबी वर्ल्ड सिरिज फाइनल्सको नामकरण गरिएको यसले विश्वव्यापी रूपमा आयोजित क्वालिफिकेसन रेसको ताज पहिऱ्याएको छ।
यूटीएमबी (एशिया-प्यासिफिक) द्वारा होका च्याङ माई थाइल्याण्डले 12 किलोमिटरदेखि 172 किलोमिटरसम्मको धेरै दूरीमा दौड प्रदान गर्दछ। निम्साङले HMONG 50 मा प्रतिस्पर्धा गर्नेछन्, जुन 53 किलोमिटरको दौडमा 2750 मिटर को उन्नयन लाभ र 15 घण्टाको कट-अफ् समावेश छ। 7 दिसम्बरको दिन थाइल्याण्डको दोई सुथेप–पुइ राष्ट्रिय पार्कमा बिहान 5 बजे दौड शुरु हुनेछ।
हिन्दुस्थान समाचार / हनोक