बलौदाबाजार/रायपुर 21 नोभेम्बर (हि.स.)। छत्तीसगढ़को बलौदाबजार जिल्लामा बन्द अवस्थामा रहेको ढुङ्गा खानीमा किन्नर काजकको हत्या भएको रहस्य पुलिसले सुल्झाउँदै पाँचजना आरोपीहरूलाई पक्राउ गरेको छ। बलौदाबजार पुलिसले गए बुधवार साँझ यस हत्याकाण्डको खुलासा गरेको छ।
बलौदाबाजार एसपी विजय अग्रवालले बताए, किन्नर मठको प्रमुख बन्नको लागि काजल दाबेदार थिए। त्यसैले उसलाई पन्साउनको निम्ति यस हत्याकाण्डलाई परिणाम दिइएको हो। पुलिसले आरोपीबाट साढ़े दश लाख रुपियाँ नगद, एउटा आर्टिका कार, एउटा मोटरसाइकल र चक्कु जफत गरेको छ। सबै आरोपीहरूलाई न्यायालमा पेश गरिएपछि जेल पठाइएको छ।
पुलिसद्वारा दिइएको जानकारी अनुसार मठको कुर्सीको लागि मुम्बईकी तपस्याले काजल किन्नरको हत्या गराइन्। यसको निम्ति 12 लाख रुपिाँको सुपारी पनि दिइएको थियो। बलौदाबाजार पुलिसले घटना घटेको 48 घण्टाभित्र नै यस हत्याकाण्डको खुलासा गर्दै पाँचजना आरोपीहरू क्रमैलेतपस्या किन्नर उपनाम मोहम्मद इमरान भोईर (36), निवासी किन्नर भवन जोरा रायपुर, निशा श्रीवास किन्नर (51), निवासी धरमपुरा सरकारी स्कूल रायपुर, हिमांशु बंजारे (28). निवासी मन्दिरहसौद, कुलदीप कुमार कुरील (29) ,निवासी राजा तालाब शिव मन्दिर गली रायपुर औं अंकुश चौधरी (28),निवासी शिव चौक राजा तालाब रायपुरलाई पक्राउ गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा