गुवाहाटी, 21 नोभेम्बर (हि.स.)। असमको श्रीभूमि जिल्लास्थित भारत-बंगलादेश सीमाबाट भारत भित्रिरहेका एकजना रोहिंग्या नागरिकलाई पक्राउ गरी बंगलादेश फर्काइयो।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार सोशल मीडियाको माध्यमबाट बताए, गए राति भारत-बंगलादेश सीमा श्रीभूमिमा अनुप्रवेशको असफल प्रयास गरिरहेका अयातुल्ला नामक रोहिंग्यालाई हिरासतमा लिएर सीमापारि फर्काइयो। उनले भने, अनु्प्रवेशविरूद्ध हाम्रो प्रयास निरन्तर जारी रहनेछ। यस कार्यको लागि मुख्यमन्त्रीले असम पुलिसको सराहना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा