राँची, 21 नोभेम्बर (हि. स.)। राँचीको बीआईटी थाना क्षेत्रस्थित नेवरी गाउँ निवासी शाहजहाँ अन्सारी (35)- को अहिलेसम्म सुइँको लागेको छैन। शाहजहाँ गत 19 नोभेम्बरदेखि बेपत्ता भएका छन्। यस सम्बन्धमा तिनका पिता मुस्तफा अन्सारीले स्थानीय थानामा आवेदन दिएर बेपत्ता भएको मामिला दर्ता गराएका छन्।
परिवारको लिखित आवेदनमा बताइएको छ, छोरा शाहजहाँ अन्सारी आफ्नो घरबाट गत 19 नोभेम्बरको बिहान लगभग 9 बजी कोर्टमा गवाही दिनको लागि हिँड़ेका थिए। त्सपछिदेखि नै तिनी बेपत्ता भएका छन्। परिवारले कुनै अप्रिय घटना घटेको आशंका व्यक्त गरिरहेको छ। यस सम्बन्धमा ओपी प्रभारी सञ्जीव कुमारले बिहीवार बताए, बेपत्ता युवकलाई खोजिरहेका छौं। तिनी कोर्टमा गवाही दिन गएका थिए। तिनको मोबाइल पनि बन्द छ। जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा