फिरोजाबाद, 21 नोभेम्बर (हि.स.)। थाना शिकोहाबाद पुलिस एवं एसओजी टीमले गए बुधवार अबेर राति अवैध हतियार फ्याक्ट्रीको भण्डाफोर गरेको छ। पुलिसले उक्त फ्याक्ट्रीबाट अवैध हतियार एवं उपकरण सहित तीनजना अभियुक्तहरूलाई भिड़न्तमा पक्राउ गरेको छ। भिड़न्तमा दुईजना अभियुक्तहरू गोली लागेर घाइते भएका छन् जसलाई अस्पतालमा भर्ती गरिएको छ।
अप्पर पुलिस अधीक्षक नगर रवि शंकर प्रसादले बताए, थाना शिकोहाबाद प्रभारी प्रदीप कुमार एवं एसओजी टीमलाई बुधवार अबेर राति सूचना प्राप्त भयो कि पुरातन स्कूल नजिक एक घरमा अवैध रूपमा शस्त्र फ्याक्ट्री संचालन भइरहेको छ। सूचनामा थाना शिकोहाबाद अनि एसओजी पुलिस टीमद्वारा पुरातन स्कूल नजिक उक्त घरमा छापामारी गरियो। यस अवधि अभियुक्त राजू, पुत्र जगदीश, निवासी वछगाउँ थाना नारखी अनि राजेश उपनाम छोटू, पुत्र सुखवीर सिंह, निवासी रहचटी थाना शिकोहाबादले पुलिस टीमलाई आफूतिर आइरहेको देखेर टीममाथि गोली चलाए।
पुलिसले पनि आत्मरक्षाको निम्ति जवाफी फायरिंग गऱ्यो जसमा अभियुक्तद्वय राजू र राजेश उपनाम छोटुको खुट्टामा गोली लागेर घाइते भए। पुलिसले घाइते अवस्थामै दुवैलाई पक्राउ गऱ्यो। पुलिस टीमले घटनास्थलबाट अर्को एकजना अभियुक्त पूरन, पुत्र नाथुराम निवासी चन्दन नगर थानालाई पनि अवैध हतियार बनाइरहेको अवस्थामा पक्राउ गऱ्यो। पुलिस टीमले घटनास्थलबाट 9 वटा पूर्णरूपले बनिसकेको बन्दुक अनि अन्य धेरैवटा अर्द्धनिर्मित बन्दुक सहित बन्दुक बनाउने उपकरणहरू जफत गरेको छ। एएसपीले बताए, घाइते अभियुक्तद्वयलाई पुलिसको सुरक्षामा उपचारको निम्ति जिल्ला अस्पतालमा भर्ती गरिएको छ। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा