छोरा नजन्मिएकोमा दुःखी चारजना छोरीहरूका पिताले गरे आत्महत्या
छोरा नजन्मिएकोमा दुःखी चारजना छोरीहरूका पिताले गरे आत्महत्या


खूंटी, 21 नवम्बर (हि.स.)। मुरहू थाना क्षेत्रको सिंघा दुलुवामा गए बुधवार अबेर राती चारजना छोरीहरूका पिताले रूखमा झुण्डिएर आत्महत्या गरे। मृतक कुंजला पंचायतकी मुखिया सावित्री देवीका देवर थिए। बिहीवार शवलाई पोस्टमर्टम गराएर परिवारलाई सुम्पिइयो।

परिवारबाट प्राप्त जानकारी अनुसार सिंगराय मुण्डाका चारजना छोरीहरू छन्। छोरा नजन्मिएको कारण तिनी तनाउमा रहन्थे। भनिन्छ, गए बुधवार अबेर राति सिंगराय मुण्डा(45) कसैलाई नभनी घरबाट हिँड़े। राती परिवारका सदस्यहरूले सबैतिर खोजतलास गरे, तर तिनलाई कहीँ भेटिएन। बिहीवार बिहान ग्रामीणहरूले रूखमा झुण्डिरहेको शव देखे। ग्रामीणहरूले घटनाको जानकारी पुलिसलाई दिेए। त्यसपछि मुरहू पुलिस घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्न अस्पतालमा पठाइदियो। घटनाबारे थाहा लाग्नसाथ विधायक प्रतिनिधि काशीनाथ महतोले पनि मृतकको घरमा पुगेर परिवारसित भेट गरी शोक व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande