गान्तोक, 28 नोभेम्बर (हि.स.)। दोस्रोपल्ट नामथाङ रातेपानी निर्वाचन क्षेत्रका 15 जना नेत्र रोगीहरूको सफल शल्यक्रिया सम्पन्न भएको छ। मेची नेत्रालयमा आँखाको सफल शल्यक्रियापछि आज उनीहरू आफ्नो घर फर्केका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा क्षेत्र विधायक तथा सल्लाहकार सञ्जित खरेलले आफ्नो समष्टिका आँखा रोगीहरूको शल्यक्रिया गराउन मेची नेत्रालयमा निशुल्कः शिविर आयोजन गरेका थिए।
यसअघि पनि विधायक खरेलले २५ जना रोगीहरूको शल्यक्रिया सम्पन्न गराएका थिए भने दोस्रो चरणका लागि 15 बिरामीलाई मेची नेत्रालयमा पुऱ्याइएको थियो। उपचारमा लाग्ने सबै खर्चहरू विधायक स्वयंले बेहोर्दै आएका छन्। आफ्नो समष्टिका गरीब परिवारका रोगीहरूले उपचारका लागि कुनै खर्च बेहोर्नु नपरोस् भन्ने उद्देश्यले विधायक खरेलद्वारा यो पहल गरेको बताइएको छ।
लाभार्थीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङ र विधायक खरेलप्रति आभार तथा कृतज्ञता व्यक्त गरेका छन्। क्षेत्र विधायक खरेलको निर्देशनमा आँखा रोगीहरुको उपचारमा पार्टीको युवा टोली खटिएको थियो भने उनीहरू बिरामीहरुको हेरचार गर्दै आज घर फर्केका छन्।
हिन्दुस्थान समाचार / बिशाल