50औं राज्य दिवसको तयारीलाई लिएर समीक्षा सभा सम्पन्न
50औं राज्य दिवसको तयारीलाई लिएर समीक्षा सभा सम्पन्न


गान्तोक, 29 नोभेम्बर (हि.स.)। आगामी वर्ष 16 मई, 2025 मा पालन गरिने 50औं राज्य दिवसको तयारीलाई लिएर टाशीलिङ सचिवालयमा आज एक समीक्षा सभा आयोजन गरियो। उक्त सभाको अध्यक्षता राज्यका मुख्य सचिव वीबी पाठकले गरेका थिए।

बैठकमा अतिरिक्त मुख्य सचिव आर. तेलाङ, पुलिस महानिर्देशक एके सिंह लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। सभामा आगामी दिनमा पालन गरिने 50औँ राज्य दिवस समारोहको व्यवस्थाबारेमा गहिरो छलफल गरियो। यो वर्षव्यापी समारोहमा कार्यक्रमहरूको विस्तृत श्रृंखला समावेश हुनेछ भने सभामा अधिकारीहरूले कार्यक्रम तालिका, कार्य विनियोजन सहित विभिन्न पक्षहरूमा छलफल गरे।

मुख्य सचिव पाठकले राज्यको इतिहासमा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने कार्यक्रमहरूको सफलता सुनिश्चित गर्न अधिकारीहरूबीच निर्बाध तालमेल राख्नु पर्ने विषयमा जोड दिए। सिक्किमको राज्य स्थापनाको 50औँ वार्षिकोत्सवलाई सहज र सफल बनाउन विभिन्न विभागहरूलाई थप जिम्मेवारीहरू सुम्पियो।

उल्लेखनीय छ, वर्षव्यापी समारोहको समापन 16 मई, 2025 मा हुनेछ। उक्त कार्यक्रममा देशका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिको रूपमा उपस्थित रहने बताइएको छ।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande