मेङ्लीमा आयोजना हुन गइरहेको श्रीमद् भागवत महापुराणलाई लिएर कलश यात्रा सम्पन्न
कलश यात्रा


गान्तोक, 25 दिसम्बर (हि.स.)। नाम्ची जिल्लाको याङगाङ अन्तर्गत मेङ्लीमा आयोजना हुन गइरहेको श्रीमद् भागवत महापुराणको अवसरमा आज कलश यात्रा सम्पन्न भयो। यस कलश यात्रामा क्षेत्र विधायक तथा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, इफको अर्गानिक्सका अध्यक्ष आरके बस्नेत, खाद्य प्रशोधन विभागका सल्लाहकार सीएल गुरुङ, जिल्ला पञ्चायत सदस्यहरू तथा अन्य श्रद्धालुहरू सहभागी बनेका थिए।

उक्त पावन भागवत कथा २५ देखि ३१ दिसम्बर, २०२५ सम्म प्रत्येक दिन बिहान ११:०० बजीदेखि दिउँसो २:०० बजीसम्म श्रीकृष्ण प्रणामी मन्दिर, मेङ्लीमा आयोजना हुनेछ। कथा वाचन भागवत भास्कर महन्त श्री १०८ सुधाकर जी महाराजद्वारा गरिनेछ।

आजको कलश यात्रा पाबोङ फाटकबाट शुरु भई तार्कुस्थित काली मन्दिरबाट पवित्र जल संकलन गरी याङगाङ हुँदै वाहन परिक्रमा पश्चात् मेङ्लीस्थित श्रीमद् भागवत महापुराण आयोजनास्थलमा विधिपूर्वक कलश स्थापना गरी सम्पन्न गरिएको थियो।

यस अवसरमा भक्तजनहरूको उल्लेखनीय सहभागिता र आध्यात्मिक उत्साह देखिनुका साथै आगामी धार्मिक प्रवचनको शुभ आरम्भ भएको जनाइएको छ। आयोजकहरूले श्रीमद् भागवत महापुराणले सबै श्रद्धालुहरूमा शान्ति, भक्ति र आध्यात्मिक चेतना फैलाउने विश्वास व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande