
कोलकाता, 25 दिसम्बर (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकातामा बिहीवार क्रिसमसको अवसरमा उत्सवको माहोल देख्न पाइयो। छुट्टीको दिन ठूलो संख्यामा पर्यटकहरू शहरका विभिन्न दर्शनीय स्थलहरूमा उर्लिए। बाल-बालिकाहरूदेखि लिएर बुजुर्गहरूसम्म, महिला एवं युवा, हरेक आयु वर्गका मानिसहरू आफ्नो परिवार अनि साथीहरूसित घुम्नका लागि घरबाट निक्लिए।
महानगरका प्रमुख पर्यटन स्थलहरूमा बिहानदेखिकै भीड़ देखियो। जादुघर, चिड़ियाघर, बिरला तारामण्डल, इको पार्क औ अन्य प्रसिद्ध स्थानहरू वरपर मानिसहरूको लामो पंक्ति देखियो। क्रिसमसको छुट्टी भएको कारणले स्थानीय मानिसहरूसँगसँगै वरपरका जिल्लाहरूबाट आएका पर्यटकहरूको पनि संख्या व्यापक थियो।
विशेष भीड़ पार्क स्ट्रीटमा देखियो जो क्रिसमस उत्सवको लागि एक साता अगाड़िदेखि नै सजिएर तयार भएको थियो। यहाँ सान्ता क्लाज, ईसा मसीह औ ईसाई समुदायसित जोड़िएका प्रतीकहरूको ठूल्ठूला प्रतिमाहरू सजाउनको साथै प्रकाशको बेजोड़ व्यवस्था गरिएको छ। कोलकाताको बऊ बजारको बो ब्यारक पनि यसरी नै क्रिसमस अत्सवको लागि सजिएको छ जहाँ भीड़ पनि उतिकै छ।
पर्यटन स्थलहरूमा सुरक्षा औ व्यवस्थालाई कायम राख्नको लागि प्रशासनद्वारा अतिरिक्त व्यवस्था गरिएको थियो। 1500 अतिरिक्त पुलिसकर्मीलाई तैनाथ गरिएको छ भने भीड़ नियन्त्रणमाथि विशेष ध्यान दिइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा