
नयाँ दिल्ली, 25 दिसम्बर (हि.स.)। बाहिरी उत्तरी जिल्लाको समयपुर बादली थाना पुलिसले 13 वर्षीय नाबालिकासित दुष्कर्म भएको मामिलामा दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा ऋषभ र नरोत्तम उपनाम नेता सामेल छन्।
पुलिस अधिकारीहरू अनुसार गत 20 दिसम्बरको साँझ पीसीआरमा कल प्राप्त भएको थियो कि एकजना नाबालिकालाई बलजफ्ती मदिरा पिलाइएको छ। सूचना पाउनसाथ पुलिस टीम तत्कालै राजा विहार क्षेत्रमा पुग्यो। प्रारम्भीक रूपमा पीड़िताका पिताले मदिरा पिलाएको सिकायत मात्र दर्ता गराए, तर जाँच अगाड़ि बढ़्दै जाँदा मामिलाको गम्भीरता छर्लङ्ग भयो।
अनुसन्धानको क्रममा पीड़िताको मेडिकल परीक्षण गराइयो जसमा उसले आफ्नो बयानमा बताई, आरोपी नरोत्तम जो राजा विहारमा हजामको दोकान चलाउँछ-ले उसलाई फकाई-फुस्लाई एक खाली घरमा लिएर गयो। त्यहाँ उसको भेट साथी ऋषभसित भयो।
आरोप छ, दुवै आरोपीले नाबालिकलाई नरोत्तमको खाली पारिवारिक घरमा लगेर बलजफ्ती मदिरा पिलाई उसित दुष्कर्म गरे। पीड़िताको विस्तृत बयान औ चिकित्सीय रिपोर्टको आधारमा थाना समयपुर बादलीमा गत 21 दिसम्बरमा मुद्दा दर्ता गरियो। त्यसपछि पुलिसले तत्काल कारबाही गर्दै दुवै आरोपीलाई पक्राउ गऱ्यो।
बाहिरी उत्तरी जिल्लाका पुलिस उपायुक्त हरेश्वर स्वामीले बिहीवार बताए, मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै बाहिरी उत्तरी जिल्ला पुलिसले विशेष जाँच टीम (एसआईटी) गठन गरेको छ। यो टीमले उपायुक्त पुलिसको निर्देशनमा मामिलाको गहन, समयबद्ध तथा निष्पक्ष जाँच गरेर यथाशीघ्र अदालतमा आरोप पत्र दर्ता गर्नेछ। हाल मामिलाको अग्रिम जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा