भ्रष्टाचारको आरोपमा खाद्य एवं नागरिक आपूर्ति अधीक्षक निलम्बित
भ्रष्टाचारको आरोपमा खाद्य एवं नागरिक आपूर्ति अधीक्षक निलम्बित


धुबड़ी, 29 नोभेम्बर (हि.स.)। भ्रष्टाचारको आरोपमा खाद्य एवं नागरिक आपूर्ति अधीक्षकलाई निलम्बित गरिएको छ। शुक्रवार दिइएको जानकारी अनुसार, धुबड़ी जिल्लामा खाद्य एवं नागरिक आपूर्ति अधीक्षक अशोक कुमार शर्मालाई अवैध रूपमा राशन कार्ड आवण्टित गरेको आरोपपछि खाद्य, सार्वजनिक वितरण एवं उपभोक्ता मामिलाको निदेशालयद्वारा निलम्बित गरिएको छ।

शर्माले अनाधिकृत राशन कार्ड जारी गरेको आरोप छ। उनीमाथि अन्य मानिसहरूसॅंग मिलेर ठूलो संख्यामा फर्जी राशन कार्ड जारी गरेको पनि आरोप छ। आरोपहरूको आधारमा अधीक्षक शर्मालाई निलम्बित गरिएको छ। मामिलाको जॉंच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande