अभयाका माता-पिता न्यायको आशमा पुगे शुभेन्दु अधिकारी समक्ष
अभयाका माता-पिता न्यायको आशमा पुगे शुभेन्दु अधिकारी समक्ष


कोलकाता, 04 नोभेम्बर (हि.स.)। आर.जी. कर पीड़िता डाक्टर अभयाका माता-पिता आफ्नी छोरीलाई न्याय दिलाउन राज्यको विपक्षी दलका नेता शुभेन्दु अधिकारीसित भेट गरे। सोमवार अभयाका पिताले शुभेन्दु अधिकारीसित गुहार मागे, तपाईले तपाईकी बहिनीको लागि न्यायको व्यवस्था गर्नुहोस्। जवाफमा शुभेन्दु अधिकारीले आश्वासन दिँदै भने, म तपाईहरूको साथमा छु। जबसम्म तपाईहरूले न्याय पाउनुहुन्न, तबसम्म म तपाईहरूको साथमा छु।

यसअघि पीड़िताका माता-पिताले केन्द्रिय गृहमन्त्री अमित शाहलाई पत्र लेखेर मामिलामा हस्तक्षेप गरिदिने अनुरोध गरेका थिए साथै उनीसित भेट्ने इच्छा व्यक्त गरेका थिए। तर अमित शाह कोलकाता आउँदा उनको उनीहरूसित भेट हुन सकेन। पछि यस कुराको अड़क लगाइएको थियो, अभयाका आमा-बुवाले दिल्ली गएर अमित शाहसित भेट गर्नसक्नेछन्।

उल्लेखनीय छ, आर.जी. कर अस्पतालमा दुष्कर्मपछि निर्मम हत्याको शिकार भएकी अभयाको लागि न्यायको मागमा जुनियर डाक्टरहरूले दुई महिनाभन्दा अधिक समयदेसम्म आन्दोलन गरिरहे। अहिले पनि डाक्टरहरूको आन्दोलन कुनै न कुनै रूपमा जारी छ। उनीहरूले कहिले सोशल मीडियामा त कहिले विभिन्न आयोजनहरूको माध्यमबाट आफ्नो विरोध व्यक्त गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande