मुख्यमन्त्री डा सरमाको अध्यक्षतामा भाजपा विधायकहरूको अहम बैठक
मुख्यमन्त्री डा सरमाको अध्यक्षतामा भाजपा विधायकहरूको अहम बैठक


गुवाहाटी, 02 जनवरी (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको अध्यक्षतामा उनको क्बाबिनेट सहयोगीहरू र भाजपाका विधायकहरूको एक महत्वपूर्ण बैठक भयो। बैठकपछि असमका स्वास्थ्य एवं परिवार कल्याण मन्त्री अशोक सिंघलले भने, यस बैठकमा वर्ष 2024 मा गरिएका कार्यहरूको समीक्षा गरियो भने वर्ष 2025 को निम्ति सरकारको र रणनीतिमाथि विस्तारपूर्वक चर्चा गरियो। यस अवधि विधायकहरूबीच विचारहरूको आदान-प्रदान पनि भयो।

मन्त्रीले भने, मुख्यमन्त्रीको दूरदर्शी नेतृत्वमा सबै विधायक एक स्वच्छ, समृद्ध र विकसित असम बनाउनका लागि पूर्णरूपमा प्रतिबद्ध छ।

बैठकपछि प्रदेश भाजपा अध्यक्ष भबेश कलिताले भने, नववर्षको दोस्रो दिन आज लोक सेवा भवन, जनता भवन परिसरमा एनडीए एकाईको क्याबिनेट मन्त्रीहरू, भारतीय जनता पार्टीका विधायक, सांसदहरूका साथै भाजपाको स्वायत्त परिषदका मुख्य कार्यकारी सदस्यहरूसॅंग लामो आलोचनात्मक समीक्षा बैठक आयोजित भयो।

भाजपा अध्यक्ष भबेश कलिता पनि विधायकहरूको बैठकमा उपस्थित रहे।बैठकमा मुख्यमन्त्रीले गत वर्षको निर्वाचन क्षेत्रहरूको विकास कार्य र लागू गरिएका जन कल्याणकारी योजनाहरूको मुद्दामाथि जानकारी दिए र नयाॅं सालमा मानिसहरूको प्रगति र कल्याणको निम्ति गरिने विकास कार्यहरूमाथि चर्चा गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande