आईआरबीका जवानहरूलाई एक्यूप्रेशर थेरापीको बारेमा जागरूक गराइयो
आईआरबीका जवानहरूलाई एक्यूप्रेशर थेरापीको बारेमा जागरूक गराइयो


गान्तोक, 04 नोभेम्बर (हि.स.)। दिल्लीको वजिराबादस्थित फर्स्ट आईआरबी क्याम्पमा कमाण्डेन्ट पाल्देन भोटियाको मार्गदर्शनमा स्वास्थ्य जागरूकता शिविर आयोजना गरियो। शिविरमा एक्यूप्रेशर थेरापीको बारेमा अधिकारीहरू र जवानहरूलाई जागरूक गराइयो।

एक्यूप्रेशर विशेषज्ञ डा. नदीम हैदरले वजिराबाद शिविरमा तैनात फर्स्ट आईआरबीका अधिकारीहरू र जवानहरूलाई उपचारको विभिन्न तरिका, एक्यूप्रेशर थेरापीको माध्यमद्वारा उपचारबारे जानकारी गराए। उनले यसको माध्यमद्वारा मधुमेह, युरिक एसिड, उच्च रक्तचाप, पाइल्स, साइटिका, अर्थराइटिस् लगायत अन्य विभिन्न बिमारीहरूको उपचारको बारेमा अवगत गराए। उनले लगभग दुई घण्टाको सत्रमा जवानहरूलाई प्रशिक्षण पनि प्रदान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande